बैशाख ०७, २०८१, शुक्रबार
               

प्रचण्डको ब्रिफिङ : माधवजी अप्ठ्यारोमा हुनुहुन्छ, एमाले एकतामै जाने सम्भावना छ

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा नआउने बताएका छन् ।

आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले 'माधव नेपाल समूह सरकारमा नआउने' सुनाएका हुन् । 

माधव समूह सरकारमा नआउने भएपछि अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने र मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने प्रचण्डले बताए ।

माधव नेपाल राजनीतिक र कानूनीरूपमा अप्ठेरो अवस्थामा रहेको भन्दै सत्ता गठबन्धनले सघाउनुपर्ने समेत प्रचण्डले बताए ।

बैठकअघि प्रचण्डले माधव नेपालसँग भेटेवार्ता गरेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

माधव नेपाल समूह एमाले पार्टी एकतामै जाने संभावना बढी रहेको समेत प्रचण्डले सुनाए ।

यो पनि