बैशाख १५, २०८१, शनिबार
               

केन्द्रीय कमिटी बैठक सार्ने माओवादीको निर्णय

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । 

बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारले संविधानका मूल्य मान्यताकाविरुद्ध गतिविधि गरेको भन्दै आलोचना गरिएको पनि श्रेष्ठले बताए ।

प्रतिनिधिसभा र वर्तमान सरकारलाई पूरा कार्यकाल चलाउनका लागि गठबन्धनले विगतमा गरेका प्रतिबद्धता अनुसार अगाडि बढ्ने निर्णय भएको पनि उनले बताए ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि