बैशाख १७, २०८१, सोमबार
               

सर्वोच्च पुगेका ठाकुरको दुःखेसो : मलाई अपुरणीय क्षति हुने भयो !

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न-नगराउन उनको माग छ ।

रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति हुने उल्लेख गरेका छन् ।

‘सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नागाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरि म आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।    

रिट निवेदनमा निर्वाचन आयोगको निर्णयले आफूलाई अन्याय भएको भन्दै उनले उक्त निर्णय तत्काल कार्यान्वयन नगराउन माग गरेका छन् । निवेदनमा ठाकुरले आफ्नो संवैधानिक हकमा समेत आघात परेको बताएका छन् ।

आयोगको निर्णयबाट आफू लगायत पार्टीका सम्पूर्ण कार्यकर्ता साह्रै अन्यायमा परेको ठाकुरले बताएका छन् । महन्थले निवेदनको अन्तिम खण्डमा आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति पुगेको र सुविधा सन्तुलनको दृष्टिले पनि नमिलेको भन्दै उक्त निर्णय कार्यन्वयन नगराउन माग गरेका छन् । 

  


कस्तो लाग्यो ?

यो पनि