बैशाख २६, २०८१, बुधबार
               

रेशम चौधरी पनि आयोग जाँदै, कसको पक्षमा गर्लान् सनाखत ?

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवं निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि आज निर्वाचन आयोग जाने भएका छन् । 

जसपाको आधिकारिताका विषयमा विवाद भएपछि आयोगले आज दुवै पक्षका कार्यकारिणी सदस्यलाई आयोगको कार्यालय बोलाएको छ ।  

यसैका लागि उनी पनि आयोग जाने भएको स्रोतले जनाएको छ ।

तर उनले महन्थ ठाकुर वा उपेन्द्र यादव कसको पक्षमा सनाखत गर्छन् भन्ने कुरा अहिले खुलिसकेको छैन । 

कैलाली, टीकापुर काण्डका कारण निलम्बित सांसद चौधरी अहिले कारागारमा छन् ।

यसअघि महन्थ ठाकुर पक्षका नेता उनी पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति असन्तुष्ट देखिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि