बैशाख ११, २०८१, मंगलबार
               

रामचन्द्र पौडेलको टिप्पणी- 'बाबुरामको उरन्ठ्याउलो बुद्धि'

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अहिले सामाकि सञ्जालमा निकै आलोचना भइरहेको छ ।

हिन्दु संस्कारमाथि अपहेलना गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको हो ।

बकर इदको दिन बाबुरामले एक फोटो ट्विट गरे जसमा योगी आदित्यनाथले नदीमा दुध अर्पण गरिरहेका छन् । क्यापसनमा भने दुध फाल्ने र गहुत खाने विश्वास डरलाग्दो हो भनी लेखिएको छ । यही क्याप्सनसहितकको फोटो आफ्नो भारतीय समकक्षीबाट सर्कुलेट भएको उल्लेख गर्दै बाबुरामले ट्विट गरेका हुन् ।

बाबुरामको यसै ट्विटलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नै गठबन्धन यात्राको सहयोगी रहेको जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईमाथि आक्रोशपूर्ण टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको तर्कलाई पौडेलले 'उरन्ठ्याउलो बुद्धि' भनेर टिप्पणी गरेका छन् ।

ट्विटमा पौडेलले 'नेपाली सामाजि आस्थामाथि बाबुरामले गम्भीर आघात पुर्‍याउने कामसमेत गरेको' दाबी गरेका छन् । 'यस्तो उरन्ठ्याउलो बुद्धिले नेपाली समाज कही नपुग्ने' उनको तर्क छ ।

'हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्‍याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउदैन', पौडेलले भनेका छन् ।

यसअघि भारतीय जनता पार्टीका नेता डा. विजय चौथाइवालेले 'इदको दिन डा. भट्टराईले हिन्दु संस्कृतिमाथि अपमानजनक ट्विट गरेको' टिप्पणी गरेका छन् । यसलाई भट्टराइले समेत रिट्विट् गरेका थिए ।

यो पनि