बैशाख ०६, २०८१, बिहीबार
               

बाबुरामलाई हिन्दु संस्कारमाथि अपमानको आरोप !

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वमाओवादी एवं अहिले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको ट्विट विवादित बनेको छ ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा आज राखेको एक विषयलाई हिन्दु धर्ममाथिको प्रहारका रुपमा लिँदै आपत्ति जनाएका छन् ।

भट्टराईले भाजपा नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले गंगामा दूध चढाएको फोटो राखेर हिन्दु संस्कारमाथि व्यङ्ग प्रहार गरेका थिए । त्यसमा विश्वास खतरनाक भएको भन्दै उनले त्यस्तो 'विश्वासले दूध फ्याकेर 'युरिन' (पिशाव) पिलाउने' टिप्पणी गरेका थिए ।

जवाफमा चौथाइवालेले लेखेका छन्- 'यो स्पष्ट छ कि तपाईँ र तपाईँको सहपाठीहरूले हिन्दू विश्वास र अनुष्ठानहरूको अपमान गर्नुहुनेछ।' 

कम्युनिस्ट राजनीति छोडेको बताए पनि भट्टराईका अभिव्यक्तिहरू बेलाबेलामा विवादमा पर्ने गरेका छन् ।

केही समयअघि उनकी पत्नी हिसिला यमीले पशुपतिनाथ र बुद्धले भएको देशमा पनि कोरोनाले छोडेन भन्दै स्टाटस लेखेकी थिइन् । त्यसप्रति तीब्र आलोचना भएपछि हिसिलाले त्यो स्टाटस डिलेट गरेकी थिइन् ।

भट्टराईको आजको स्टाटसप्रति राजनीतिक एवं जनस्तरमा पनि विरोध भएको छ ।

राप्रपा अध्यक्षमध्येका एक कमल थापाले त 'योगीले खोलामा दूध बगाउँदा तपाईँको टाउको दुख्छ तर तपाईँ आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??' भनेर भट्टराईविरुद्ध कडा टिप्पणी गरेका छन् ।

थापा र भट्टराई एकअर्कामा सहपाठी भन्न रुचाउँछन् ।  

यो पनि