बैशाख २१, २०८१, शुक्रबार
               

विप्लव र ओलीबीच के भयो कुराकानी ?

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । 

आज (मंगलबार) ओलीलाई भेट्न विप्लव बालकोटस्थित ओली निवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

विप्लवले ओलीको स्वास्थ्यस्थितिका बारेमा समेत जिज्ञासा राखेका थिए । 

ओलीसँगको भेटमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरू सहभागी थिए ।

ओली प्रधानमन्त्री हुँदा विप्लव नेतृत्वको नेकपाले सरकारसँग तीन बुँदे सहमति गर्दै शान्पिूर्ण राजनीतिमा आएको थियो ।

विप्लवले पछिल्लो समय राजनीतिक भेटघाट तिव्र बनाएका छन् ।

उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता माधव नेपाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि