बैशाख १४, २०८१, शुक्रबार
               

एमालेको माधव पक्षले देउवालाई विश्वासको मत दिने, यस्तो छ संसद्को अंकगणित

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । तर, एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन नैतिक रुपमा नमिल्ने भन्दै सरकारमा सहभागी नहुने नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभा ब्युँताउन मुख्य भूमिका खेलेको नेपाल पक्षले फेरि संसद विघटन हुनबाट बचाउनको लागि भन्दै विश्वासको मत दिने तयारी रहेको हो । यदि देउवाले विश्वासको मत नपाए फेरि संसद विघटन र मध्यावधि निर्वाचनमा मुलुक जानेछ । यसकारण आफ्नो पार्टीको एकता भङ्ग गरेरै भए पनि उनको पक्षमा बहुमत पुर्‍याइदिने रणनीति अख्तियार गरेको नेता नेपाल पक्षका नेताहरु बताउँछन् । 

प्रतिनिधिसभामा हाल कायम रहेको सङ्ख्या २७१ को बहुमतका लागि १३६ जना सांसदको मत आवश्यक पर्छ। अहिलेसम्म प्रधानमन्त्री देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रका ४८ मत छ । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा रहेका १८ मत देखिएको छ । यी सङ्ख्या बहुमत पुग्नका लागि९ कम हुन् ।  १२१ सांसद रहेको एमालेमा २३ सांसद नेता नेपाल पक्षमा छन् ।

२३ मध्ये ९ जनाले मात्रै प्रधानमन्त्री देउवालाई समर्थन गर्ने हो भने देउवाको प्रतिनिधिसभाको पूरा कार्यकाल प्रधानमन्त्री पद सुरक्षित हुन्छ । यसरी आवश्यक पर्दा विश्वासको मतका लागि चाहिने ९ मत मात्रै वा सबै २३ सांसदले मत दिने भन्ने विषयमा नेपाल पक्ष छलफलमा छ ।

एमालेका नेपाल पक्षले देउवा सरकारलाई विश्वासको मत दिँदा एमाले थप विभाजन उन्मुख हुनेछ । जसको लागि देउवाले पार्टी फुटाउन माधव पक्षलाई सहज हुनेगरिको अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बताएको छ । विश्वासको मत दिएपछि संसद बैठक अन्त गर्ने र दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने  विकल्पको बारेमा समेत देउवा र नेपाल पक्ष छलफलमा छन् । यदि अलोकप्रिय विकल्पमा गएमा एमाले सरकारमा जान सक्ने बताइन्छ ।

यता ओली पक्षले भने नेकपा एमालेको स्थायी कमिटीको बैठकबाट पनि सहमतिको प्रयास गर्ने भनेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले नेपाल पक्षका नेताहरूलाई समेत सहभागी गराउने प्रयास जारी राखेको छ । 

यो पनि