बैशाख १६, २०८१, आइतबार
               

लुम्बिनी प्रदेशमा अध्यादेशबाट आयो बजेट

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

प्रदेश सभा बैठकबाट बजेट पास नभएपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । 

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो ।

सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

शुक्रबार सहमतिमा बजेट पास गर्न विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो ।

यो पनि