जेठ ०८, २०८१, मंगलबार
               

देउवाले बोलाए मन्त्रिपरिषद बैठक

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज (बिहीबार) दिउँसो १२ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । 

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । 

त्यसैको आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो ।

बैठकमा कोरोना संक्रमण नियन्त्रण, अघिल्लो सरकारले गरेका कतिपय असंवैधानिक निर्णयका विषयमासमेत छलफल हुने छ ।

यो पनि