जेठ ०५, २०८१, शनिबार
               

नेता नेपाललाई देउवाको यस्तो प्रस्ताव

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा आउन प्रस्ताव गरेका छन् । 

नेता नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन् ।

नेपालसँगको भेटमा देउवाले 'आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी व्यवस्था मिलाइदिने' आश्वासन समेत दिएका थिए ।

प्रधानमन्त्री बनाउन सहयोग गरेकाले आफूले पनि माधव समूहलाई सहयोग गर्ने देउवाले बताए । 'एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि आफू तयार रहेको' देउवाले बताए ।

'संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ' भन्दै देउवाले नेता नेपालको सहयोग मागेको स्रोतले बतायो । 

यो पनि