जेठ ०९, २०८१, बुधबार
               

देउवाले बोलाए पदाधिकारी बैठक

नेपाल फ्ल्यास
असार ३०, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोली (बिहीबार) दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकस्थल भने तय भइसकेको उनले बताए । मुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका कामकारवाहीबारे छलफल हुने बताए ।

कांग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवाले पहिलो चरणमा चार जना मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै भदौ दोस्रो साताका लागि तोकिएको कांग्रेस महाधिवेशनको तयारीका बारेमा पनि बैठकमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको निर्वाचन समितिले महाधिवेशनका लागि तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुनेछ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका तय गरिएको छ ।

यो पनि