बैशाख २०, २०८१, बिहीबार
               

पत्र नसच्याइएसम्म शपथ नलिने देउवाको अडान, शपथग्रहणमा ओली सहभागी नहुने

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ नलिने अडान लिएका छन् । नियुक्ति पत्रमा संविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनको अडान छ ।

देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो । प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेशअनुसार भनेर लेखिएको व्यहोरा सच्याउनुपर्ने माग देउवाले गरेपछि शपथग्रहण हुन सकिरहेकाे छैन । 

त्यस्तै आजकाे नवनियुक्ती प्रतधानमन्त्रीकाे शपथग्रहणमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएकाे छन् । राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर आजै शपथ गराउने तयारी गरिरहेको स्राेतले जनाएकाे छ । 

यो पनि