जेठ ०९, २०८१, बुधबार
               

कांग्रेस शीर्ष नेता बूढानीलकण्ठमा, विपक्षी गठबन्धनको बैठक बस्दै

नेपाल फ्ल्यास
असार २८, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् ।

देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । कांग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।

पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग समेत आजै छलफल गर्ने बताइएको छ ।

सर्वोच्च अदालतले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएसँगै नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको हो ।

यो पनि