जेठ ०४, २०८१, शुक्रबार
               

माधव नेपालको अनौठो शर्त, कार्यदलमा अलमल

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदललाई वरिष्ठ नेता माधवकुमार नेपालको अनौठो शर्त राखेपछि कार्यदल नै अलमलमा परेको छ ।

विधि, विधान र प्रक्रियाका लागि भन्दै सशक्त आवाज उठाउँदै आएको नेता नेता नेपालले ‘दोस्रो अध्यक्ष’ नदिए सहमति नहुने शर्त अघि सारेका छन् ।

नेता नेपालले आफू पक्षीय कार्यदलका सदस्यलाई बोलाएर यस्तो शर्त अघि सारेका हुन् ।

नेता नेपालको यो शर्तले विगतमा उनले उठाउँदै आएका विधि र विधानको कुरा देखावटी मात्र भएको पुष्टि भएको छ ।

यो शर्तसँगै उनले उठाउँदै आएको पार्टीलाई जेठ २ गतेमा फर्काउनुपर्ने शर्त ओझेलमा परेको छ ।

जेठ २ मा सम्पूर्ण पार्टी कमिटी फर्काउदा त्यतीबेला पार्टीमा दुईजना अध्यक्षको व्यवस्था थिएन । उनले भन्ने गरेको विधि र पद्धतीको कुरामा पनि महाधिवेशन नगरी अध्यक्ष हुने कुराले मेल खाँदैन ।

कार्यदलको बैठकलाई एक घण्टा अवरुद्ध गराएर नेता नेपालले आफू पक्षीय कार्यदलका सदस्यहरुलाई निवासमा बोलाएर आफूलाई अध्यक्ष बनाउने अडानबाट पछि नहट्न निर्देशन दिएको स्रोतले बताएको छ ।

पछिल्लो समय संस्थापन पक्ष लचिलो देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको लचकतालाई सदुपयोग गर्न छाडेर नेपालको ‘हलो अड्काउने शर्त’ का कारण हिजोसम्म उत्साही बनेको कार्यदल एकाएक निरुत्साहित बनेका छन् ।

नेपालको यो शर्तपछि कार्यदलका दुवै पक्षका सदस्यहरु अलमलमा परेका छन् । नेपाल पक्षका नेताहरु पनि उनलाई अध्यक्ष बनाउनु पर्दछ भनेर खुलेर भन्न सकिरहेका छैनन् ।

कार्यदलका एक सदस्यले भने, 'दोस्रो अध्यक्षको कुरा कार्यदलमा औपचारिक रुपमा प्रवेश गरिसकेको छैन र यो हामीले टुंगो लगाउने विषय पनि होइन । शीर्ष तहमा शक्ति बाँडफाँटको सहमति भयो भने बेग्लै कुरा हो । अहिले हामी कार्यंदलले तयार पारेको मस्यौदाको भाषामै केन्द्रित छौं ।'

यो पनि