जेठ ०५, २०८१, शनिबार
               

एमाले मिल्न नदिन प्रचण्डको दौडधुप

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

नेकपा एमालेका दुई समूह मिल्ने अवस्थामा पुगे लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डको दौडधुप बढेको छ ।

एमाले मिल्दा आफ्नो राजनीतिक भविष्य कमजोर रहने आँकलन गर्दै दाहालले सकेसम्म सोमबारसम्म एमाले मिल्न नदिन प्रयास जारी राखेका छन् ।

एमालेभित्र आन्तरिक सहमतिको खोजी तीव्र गतिमा भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धपेडी बढ्नु अर्थपूर्ण छ । अदालतको फैसला नआएसम्म टसमस नगर्न प्रचण्डले नेता नेतालाई भेटेरै सुझाव दिएका छन् ।

एमालेमा दुई पक्षबिचको विवाद समाधान गर्न कार्यदलले प्रयास जारी रहँदा शनिवार बिहान माधवकुमार नेपाललाई भेटेर प्रचण्डले मन्त्रणा सुनाए । एक सातायता मात्र प्रचण्डले नेता नेपाललाई तीन पटक भेटिसकेका छन् ।

प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा संभवत सोमबार फैसला आउने छ । यस कारण नेता नेपाललाई कम्तीमा सोमबारसम्म ओली पक्षसँग मिल्न नदिने बारेमा मनाउन प्रचण्डले दौडधुप बढाएका हुन् ।

विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष छन् । त्यसमा नेता नेपाल पक्ष समेत समावेश  छ। 

यदि ओलीसँग सहमति भएमा नेपालले विपक्षी गठबन्धनलाई दिएको साथ छाड्ने र कमजोर हुने प्रचण्डले आङ्कलन गरेका छन् । विपक्षी गठबन्धनका एक नेता भन्छन् ‘विपक्षी गठबन्धन कमजोर हुँदा आफूहरुलेनै अदालतमा दायर गरेको मुद्दा समेत प्रभावित बन्न सक्ने प्रचण्डलाई चिन्ता छ । यस कारण नेता नेपाललाई ओलीसँग मिलन नदिन प्रयास जारी राख्नुभएको छ ।’

शनिवार नेता नेपाललाई भेटे लगतै उनी सिधै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगे । त्यहाँ पनि एमालेको मिलनबारे नै उनले छलफल गरेका बुढानीलकण्ठ स्रोतले बतायो । 

देउवाको समर्थनमा रहेको हस्ताक्षर फिर्ता नहोस् भन्नेमा दाहाल र देउवा छन् भने पार्टी बचाउने सर्तमा एमालेभित्रका आफू समर्थकहरू पार्टीमा नै फर्कन सक्ने अवस्थाले नेता नेपाल दबाबमा परेका छन् । 


कस्तो लाग्यो ?

यो पनि