जेठ ०९, २०८१, बुधबार
               

राष्ट्रपति पदको गरिमा रहेन : देउवा
'यसबीचमा गरिएका सबै नियुक्ति खारेज गरिनेछ'

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबाट पदकै गरिमा समाप्त पार्ने काम भएको आरोप लगाएका छन्।

संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगर्दा राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका हुन् ।

विपक्षी गठबन्धनले सोमबार संघीय संसद् भवनमा गरेको बुद्धिजीवीसँगको अन्तरक्रियामा सभापति देउवाले राष्ट्रपति स्वयंले पनि आफूले बोलेको कुरा नपुर्‍याएको बताए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनु भनेर आह्वान गरेको र पछि सो आह्वानअनुसार कर्तव्यपालन नगरेको जनाए । उनले राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको आरोप पनि लगाए ।

देउवाले न्यायालयबाट सही फैसला हुने विश्वास व्यक्त गरे । संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउने जनाए ।

उनले आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता कोरोनाविरूद्धको खोप ल्याउने बताए । सुनुवाइ समितिबाट सुनुवाइ नभई आफैँ अनुमोदन हुने व्यवस्था हटाएर भए पनि यसबीचमा भएका सबै नियुक्ति र निर्णयहरू खारेज हुने दाबीसमेत देउवाले गरेका छन् ।

यो पनि