बैशाख २०, २०८१, बिहीबार
               

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।

प्रदेशसभा बैठकमा आज शुक्रबार भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७ मत आएको छ । नेपाली कांग्रेसका नेता पोखरेललाई जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सहयोग रहेको छ । उनलाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि भोट दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले सबै पक्षको समझदारी र सहयोगमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्ववर्ती पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेर ढलेपछि पोखरेल मुख्यमन्त्री बनेका थिए । जेठ २९ गते मुख्यमन्त्री बनेका पोखरेलले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएपछि प्रदेश संसद्मा आज मतदान भएको हो ।

छलफलका क्रममा प्रमुख विपक्षी दल एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री गुरुङले अवसरवादी गठबन्धन भएकोले सरकारलाई विश्वासको मत दिन नसक्ने जनाएका थिए ।

उनले संघीयता बलियो बनाउने काम गरेमा सरकारलाई सहयोग पुर्‍याउन तयार रहेको जनाएका थिए । 'संघीयताको मूल मर्म भनेकै प्रदेश सरकार हो । त्यसैले यो बलियो हुनुपर्छ ।' उनले भने- 'संघीयतालाई बलियो बनाउने सवालमा सहकार्य हुन सक्छ । प्रदेशको प्रतिष्ठा र गौरवका खातिर अघि बढेमा सहयात्री बन्न तयार छौँ।’ 

यो पनि