बैशाख २७, २०८१, बिहीबार
               

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

काठमाडौ। अस्वस्थ भई अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था  सामान्य रहेको छ । 

स्वास्थ्य अवस्थामा समस्या आएपछि सोमबार बिहान नर्भीक अस्पताल भर्ना भएका उनलाई केहीबे अघि मात्रै आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । हाल उनको उपचार अक्सिजन सपोर्टमा भइरहेको अस्पतालले जनाएको छ। 

नेता खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले जानकारी दिएको छ ।

‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ’ अस्पतालको सूचनामा भनिएको छ ‘आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ ।’


कस्तो लाग्यो ?

यो पनि