बैशाख २३, २०८१, आइतबार
               

सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जान्छौँ : नेम्वाङ

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं ।एमाले नेता सुवास नेम्वाङले कर्णाली प्रदेश सभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि ‘भ्याकेट’ मा जाने बताएका छन् । 

सर्वोच्च अदाललते कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमालेका नेता सुवास नेम्वाङले  अदालतलाई आफूहरुले सम्मान गर्ने बताउँदै सो आदेशविरुद्ध भ्याकेटमा जाने बताएका हुन् ।

‘हामी प्रकृयालाई मान्छौं। हिजो कर्णालीबारेको आदेशमा सबै हिसाबले केही प्रश्नहरु छन्, त्यसलाई लिएर हामी प्रक्रियाबमोजिम अघि बढ्छौँ,’ नेम्वाङले भने, ‘हाम्रोतर्फबाट भ्याकेटमा जान्छौँ । अदालतको फैसला आफ्नो ठाउँमा हुन्छ, अदालतलाई हामी सम्मान गर्छौँ। जतिसुकै यो कुरा बेठिक हो भन्ने लागेपनि अदालतको फैसलालाई मान्छौँ। हामी अदालतलाई अनावश्यक दवाव पनि दिँदैनौँ,’ उनले भने, ‘अदालतलाई पर्खिन्छौं, निर्णय सुन्छौँ, निर्णयलाई कार्यान्वयन गर्छौँ। कर्णालीको मामलामा पनि ठिक त्यही हो।’ 

यो पनि