बैशाख ०७, २०८१, शुक्रबार
               

आज होला त सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ ?

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसविरुद्ध मुद्दाको सुनुवाइको मिति तोकिएको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि उक्त प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइको मिति आजलाई तोकिएको हो ।

प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठीत नयाँ संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश जबरासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा समस्या देखिएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले बताए ।

उक्त नयाँ इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । सो विवादमा ३० वटा रिट निवेदन परेको छ । 

यो पनि