बैशाख २३, २०८१, आइतबार
               

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको हो । 

यसदिन १ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँको पेरिफेरि भएको छ । 

लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ ।

सबेभन्दा धेरै विकास बैंक ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ७१ प्रतिशतले उकालो लागेको छ ।


कस्तो लाग्यो ?

यो पनि