कात्तिक ३०, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने बताएका छन् । 

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् । 

शनिबार गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोहीअनुसार उक्त प्रस्ताव आएको हो । मुख्यमन्त्रीले आउँदो जेठ २७ गते विश्वासको मत लिने गुरुङको तर्फबाट सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रस्ताव गरेका थिए ।

विपक्षीहरुले सरकारको प्रस्ताव असहमति जनाएका छन् । मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनुपर्ने अडान राख्दै आएका छन् । 

सदनमा विपक्षीहरुले सिद्धान्त र प्राथमिकताबारे सुझाव नदिइ अल्पमतको सरकारले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।

यो पनि