बैशाख १७, २०८१, सोमबार
               

जसपा ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा, को–को बन्दै छन् मन्त्री ?

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे शुक्रवार साँझ नै शपथग्रहण हुने जनाइएको छ । ठाकुर पक्षीय जसपा बाट ८ जना मन्त्री र दुई जना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छ । 

जसपा बाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भएको छ । उनी जसपा नेपालका संसदीय दलका नेता पनि हुन् । उनीबाहेक अरू को को सरकारमा जाने टुङ्गो लागेको छैन । नाममा टुङ्गो लगाएर प्रधानमन्त्री ओलीसँग पुनः छलफल गरेर अन्तिमरुप दिने तयारी छ ।

सरकारमा सहभागी हुने विषयमा केही दिनयता ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल हुँदै आएको छ। छलफलमा ठाकुर पक्ष सहभागी हुने विषयमा सहमति भएको छ । तर ठाकुर पक्षकै नेताहरूबिच मन्त्रीमा आकाङ्क्षी बढी भएकाले मन्त्रिपरिषद् हेरफेर र सपथग्रहणमा ढिलाइ भएको नेताहरु बताउँछन् । सरकारमा जाने कुरा पक्कापक्की भइसकेको र अहिले पार्टीमा त्यसैलाई अन्तिमरुप दिन छलफल भइरहेको कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारी बताउँछन् ।

गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् । 

मन्त्रीहरूको आकाङ्क्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ सुक्ल, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृता अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा. सुरेन्द्र झा, उमाकान्त झालगायतका रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि