बैशाख २१, २०८१, शुक्रबार
               

दुई मन्त्रालयसहित कांग्रेस कर्णाली प्रेदश सरकारमा सहभागी हुँदै

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् । उनका अनुसार कांग्रेस दुई मन्त्रालयसहित सरकारमा जाने तयारीमा जुटेको हो ।

तर, उनले सरकारमा को-को जाने भनी टुंगो भने नलागे पनि सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा कांग्रेसले पाउने पक्का भएको बताए । हल यी दुवै मन्त्रालय खाली छन् । बिहीबार बस्ने मन्त्रिपरिषद वैठकले यो निर्णय गर्ने जनाइएको छ ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुन लागेको हो ।

एमालेले समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चारजना सांसद्ले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत पुर्‍याएका थिए ।

नेपाल समूहका फ्लोर क्रस गर्ने चारमध्ये तीनजना अहिले मन्त्री छन् । कुर्मराज शाही कृषि मन्त्री, अम्मर थापा भौतिक पूर्वाधार मन्त्री र नन्दसिंह बुढा उद्योगमन्त्री बनिसकेका छन् ।

यो पनि