बैशाख १७, २०८१, सोमबार
               

महामारीको अवस्थाप्रति पूर्वराजा चिन्तित (भिडियोसहित)

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको महामारीप्रति चिन्ता व्यवक्त गरेका छन् ।

कोरोना संक्रमणबाट पूर्ण स्वास्थ्यलाभ गर्दै गरेका पूर्वराजा शाहले आज भिडियो सन्देश जारी गर्दै आफू र पूर्वरानी कोमल शाहको अवस्था ठीक हुँदै गएको जनाएका छन् । उनले आफ्नो र पूर्वरानीको स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिने देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका छन् ।

उनले महामारी नियन्त्रणका लागि 'हाम्रो आफ्नै संकल्प र बाह्य सहयोग आवश्यक' रहेको जनाएका छन् ।

उपचारको क्रममा रहेका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले दिवंगतहरूको चीर शान्तिको कामना गरेका छन् ।

पूर्वराजाले महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने अग्रभागमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र मानवीय काम गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि