बैशाख १९, २०८१, बुधबार
               

बजेट ल्याउन राष्ट्रपतिबाट तीन अध्यादेश जारी

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेश जारी गरेकी छन् । योसँगै आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’, र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।

ती अध्यादेश मन्त्रिपरिषद्को आजकै बैठकबाट पारित गरी राष्ट्रपतिकोमा पठाइएको थियो ।

सरकारले आजै नयाँ बजेट ल्याउँदै छ । अर्थमन्त्री विष्णु पौडेलले अपरान्ह ४ बजे बजेट भाषण गर्ने कार्यक्रम छ । 


कस्तो लाग्यो ?

यो पनि