बैशाख १४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटै रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट परेका छन्। त्यसमध्ये २६ वटामा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिएको छ । विपक्षी दलहरूले सर्वोच्चमा १४६ जना बहुमत सांसदको हस्ताक्षर र उपस्थितिसहित दर्ता गरेको रिटमा देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । 

चार वटा रिटमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ ।

अन्तरिम आदेश माग गरेर दर्ता भएका १९ वटा रिटलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संवैधानिक इजलासमै पठाउने आदेश हिजो दिएको थियो ।

प्रधानन्यायाधीशकै नेतृत्वमा रहने पाँच सदस्यीय संवैधानिक इजलासमा आजदेखि ती सबै रिटको सुनुवाइ हुनेछ ।

यो पनि