बैशाख २४, २०८१, सोमबार
               

प्रधान्यायाधीश आफैँले सुनुवाइ गर्दै प्रतिनिधिसभा विघटनको रिट

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैँले गर्ने भएका छन्।

आज बिहीबारको पेसीमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट प्रधानन्यायाधीशको इजलाशमा राखिएको छ ।

विघटनविरुद्ध दायर १९ रिटको सुनुवाइ आज हुँदै छ । विघटनविरुद्ध कुल ३० वटा रिट दायर भएका थिए ।

बिहीबार सुनुवाइ हुने निवेदनमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेको प्रक्रिया नमिलेको जिकिर गरिएको छ ।

बहुमत हस्ताक्षर पेश गरेको अवस्थामा राजनीतिक दलहरुले बुझाएको सर्मथनको प्रमाणीकरण नै नगरी मनोगत रुपमा निर्णय गरेर विघटन गरेको जिकीर रिटमा गरिएको छ । त्यस्तै संसद विघटनका लागि सिफारिस गर्ने मन्त्रिपरिद्को निर्णय पनि असंवैधानिक भएको तर्क रिटमा गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदद्वारा दायर रिटको सुनुवाइ भोलि शुक्रबार हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि