बैशाख १५, २०८१, शनिबार
               

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ आजदेखि

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटको सुनुवाइ आज सुरू हुँदै छ । विघटनविरुद्ध ३० वटा रिट दायर भएका थिए ।

त्यसमध्ये नियमित एकल इजलासमा दर्ता १९ रिटको सुनुवाइ हुँदै छ ।

बिहीबार सुनुवाइ हुने निवेदनमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेको प्रक्रिया नमिलेको जिकिर गरिएको छ । बहुमत हस्ताक्षर पेश गरेको अवस्थामा राजनीतिक दलहरुले बुझाएको सर्मथनको प्रमाणीकरण नै नगरी मनोगत रुपमा निर्णय गरेर विघटन गरेको जिकीर रिटमा गरिएको छ।

त्यस्तै संसद विघटनका लागि सिफारिस गर्ने मन्त्रिपरिद्को निर्णय पनि असंवैधानिक भएको तर्क रिटमा गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसद द्वारा दायर रिटको सुनुवाइ भोलि शुक्रबार हुनेछ । त्यो रिटलाई संवैधानिक इजलाशमा पठाउन सक्ने संभावना छ ।

यो पनि