बैशाख १४, २०८१, शुक्रबार
               

बिहीबार र शुक्रबार संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुने

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

दोस्राे पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतमा परेकाे रिटमाथि बिहीबार र शुक्रबार सुनुवाइ हुने भएकाे छ । 

संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

यो पनि