बैशाख १९, २०८१, बुधबार
               

मध्यरातमा लोकतन्त्रको डकैती भयो: पुन

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनले  राष्ट्रपति विद्यादेवी भण्डारीले राजा ज्ञानेन्द्र शाहले झै मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै नेता पुनले सामाजिक सञ्जाल ट्विटमार्फत् सो बताएका हुन । पुनले सो ट्विटमा अब लोकतन्त्र बचाउन लड्ने पनि बताएका छन् ।

‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए ।

संविधान र लोकतन्त्र बचाउन उत्रने पुनले बताए । ‘कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्छौं,’ उनले भनेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि