जेठ ०३, २०८१, बिहीबार
               

कोरोनाबारे ध्यानाकर्षण गराउन आज देउवाले प्रधानमन्त्री भेट्ने

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास प्रभावकारी नभएको भन्दै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गम्भीर ध्यानाकर्षण गराउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी देउवाले आज सरकारको ध्यानाकर्षण गराउने भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरिसकेको छ । 

कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको थियो ।

कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने  देश, अन्तर्राष्ट्रिय संघसंस्था र सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ।

बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

यो पनि