जेठ ०३, २०८१, बिहीबार
               

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, मनांगे पनि बने मन्त्री

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । वैशाख २६ मा पदबाट राजीनामा दिएका पुन: मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । शपथलगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।

वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताए ।

सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ । मन्त्री बन्नको लागि नयाँ अनुहार दौडधुप गरेपनि अहिलको मन्त्रिमण्डलमा नयाँ अनुहारले भने मौका पाएनन् ।

यो पनि