जेठ ०५, २०८१, शनिबार
               

सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न कांग्रेसकाे अपिल

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न आग्रह गरेका छन् । 

साथै उनले तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको  व्यवस्था गर्न माग गरेका छन् । यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरूलाई आवश्यक सहयोग गरिदिन हुन पनि अपील गरे । उनले आज एक विज्ञप्ति जारी गर्दै भने-'कोभिड-१९ को संक्रमणले उग्र रुप लिईरहेको बेला देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टीलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भइसकेको छ । सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन ।'

सभापति देउवाले सरकार जिम्मेवार भई जनताकाे सुरक्षा गर्नुपर्ने बताए- 'भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु ।'

साथै उनले यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दै नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरूले स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रहसमेत गरेका छन् । 

यो पनि