काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित भएर नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टीका नेताबीच छलफल सुरु भएको छ ।
बिहीबारसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्ने छलफलमा जुटेका उनीहरु एमाले एक ठाउँमा उभिएसँगै सो प्रक्रिया रोकिएपछि सोही विषयमा केन्द्रित भई कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा १२ बजेदेखि जारी छलफलमा जुटेका हुन् ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
छलफलमा नेपाली कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सहभागी छन्।
बिहीबारसम्म दिइएको समयसीमामा बहुमतको प्रधानमन्त्री दाबी गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्रीमा केपी ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका छन्।