जेठ ०४, २०८१, शुक्रबार
               

सरकारको लारपरबाहीका ज्यान गुमाउनेको संख्या बढ्यो : देउवा

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरबाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउनेको संख्या बढेको बताएका छन् । 

शुक्रबार इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ को अवसरमा शुभकामना व्यक्त जरी गर्दै उनले सो बताएका हुन् । 

‘सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेको छ,’ सो विज्ञप्तिमा उल्लेछ, ‘यस्तो परिस्थितिमा नागरिक आफैँ सचेत हुन जरुरी छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’

ईद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको देउवाद्वारा जारी सो शुभकामनामा व्यक्तव्यमा भनिएको छ ।

यो पनि