बैशाख ३१, २०८१, सोमबार
               

समयभित्रै सरकार गठनका लागि दावी पेस गर्ने देउवा-दाहाल छलफलको निष्कर्ष

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जारी छलफल सकिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउने समयावधिको अन्तिम दिन दलहरुबीच छलफलहरुको दौडधुप चल्ने क्रममा देउवा र दाहालबीच करिब आधा घन्टा छलफल भएको हो । राष्ट्रपतिले सरकार बनाउन दिएको समयावधि बिहीबार रातिबाट सकिँदै छ । 

दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ । 

साथै, उनीहरुबीच जसपा र एमालेको माधव नेपाल समूहले गर्ने सम्भावित निर्णयबारे समेत छलफल भएको दुवै नेता निकट स्रोतले जानकारी दिएका छन्  ।

यो पनि