जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।

उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

२४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा। गौतमले बताए ।


कस्तो लाग्यो ?

यो पनि