जेठ ०८, २०८१, मंगलबार
               

आफूमाथि संसदको विश्वास छैन भन्ने थाहा हुँदाहुँदै विश्वासको मत मागियो : देउवा

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै विश्वासको मत मागेको बताएका छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई विश्वास गर्नुका कारण पेस गर्दै आफूलाई विश्वासको मत मागेपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले धारणा राख्ने क्रममा सभापित देउवाले सो बताएका हुन् ।

सो क्रममा सभापित देउवाले सरकार कोभिड रोग नियन्त्रणमा सरकार सचेत नरहेको बताए  । उनले भने,  ‘आफूहरुले पटक-पटक कोभिड व्यवस्थापनका लागि खबरदारी गर्दा पनि बेवास्था गरियो । जसका आज भयाभव अवस्था सिर्जना भएको छ ।’

त्यसैगरी, देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताए।सो क्रममा उनले तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए । प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको भन्दै उनले भने, ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’

प्रमुख प्रतिपक्षी पार्टीका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको उनले बताए । ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’

‘म प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एक पटक छातीमा हात राखेर भन्नुस्, यो अवस्था तपाईंले सिर्जना गर्नु भएको अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’

त्यसैगरी, देउवाले निर्मला हत्याकाण्डका दोषीले कहिले न्याय पाउने भनी प्रश्न गरेका थिए ।

यो पनि