बैशाख १४, २०८१, शुक्रबार
               

भ्याक्सिनमा भ्रष्टाचार भयो भनी बदनाम गरियो : प्रम ओली

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डन राजनीति गर्नेको अस्तित्व नरहेको बताएका छन् । 

सोमबार विश्वासको मत लिन प्रतिनिधिसभामा उपस्थिति भएका उनले संबोधनका क्रममा उनले सो बताएका हुन् । 

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताए । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए ।
‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन,’ उनले भने, ‘भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ ।’ उनले संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने बताए ।

संबोधनको सुरुवातमा उनले कोभिडलाई जोडेका थिए । सो क्रममा उनले मुलुक कोभिड–१९ को तीव्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताए। मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम्य नहुने र त्यस्तालाई कडाभन्दा कडा कारबाही गरिने बताए । 

सो क्रममा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी प्रस्तुत गरे ।

यो पनि