बैशाख ०७, २०८१, शुक्रबार
               

विश्वासको मत दिनुपर्छ भन्दै छलफलमा जुटे नेपाल समूहका केही सांसद

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई विश्वासको मत पनि नदिने र संसदमा उपस्थिति पनि नजनाउने निर्णय गरेको केही छिनमा एमाले माधव समूहका केही पक्ष भने छलफलमा जुटेको छ । 

संसदमै अनुपस्थिति हुने निर्णय गरेको केही छिनमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र गणेश पहाडीलगायत नेहरु छुट्टै छलफलमा जुटेका हुन् । उनीहरुको यो छलफललाई विश्वासको भोट हाल्ने संकेतको रुपमा हेरिएको छ । 

उनीहरुले ‘हामीले त पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भनेका हौं ह्वीप नमान्ने कुरा नगरौ’ भनेर सम्झाएका थिए । तर बहुमत सदस्यहरुले ह्वीप नमान्ने निर्णय गरी बाहिरिएपछि पाँच जना बैठकमा बसिरहेका छन् । 

नेकपा एमालेको आन्तरिक किचलोले नयाँ नयाँ मोड लिइरहँदा खनाल–नेपाल समूहका नेताहरु पनि टुक्रिने सम्भावना बढेको छ । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिउँसो १ बजे विश्वासको मत लिँदै गर्दा खनाल–नेपाल समूहले पार्टीको ह्वीप पनि नमान्ने, संसदमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेको थियो । 

२१ जना प्रत्यक्षतर्फका सांसदहरुले सिंहदरबारस्थित एमालेको संसदीय दलको बैठकमा निर्णय भए पनि त्यस लगत्तै पाँच जना सांसदहरुले भने ओलीलाई मत हाल्ने योजनाका साथ छुट्टै छलफलमा जुटेका छन् ।

यो पनि