बैशाख ११, २०८१, मंगलबार
               

विश्वासको मत नदिने माओवादी संसदीय दलको बैठकको निर्णय

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा बसेको सो दलको  संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय पनि गरेको छ ।

सो बैठकमा सहभागी एक सांसद देवेन्द्र पौडेलले भने, ‘आज हाम्रो तर्फबाट (अविश्वास प्रस्ताव दर्ताको) तयारी छ । तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौँ ।’

यो पनि