बैशाख २२, २०८१, शनिबार
               

ओलीको बहिर्गमन आजको आवश्यकता : देउवा

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् ।

शनिबार कांग्रेसको संसदीय दलको बैठकका क्रममा सभापति देउवाले सो बताएका हुन् । ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ,’सभापति देउवाले भने, ‘सरकार निर्माणका लागि जसपाको संस्थागत निर्णय आवश्यक छ । उपेन्द्र यादवको निर्णयले मात्र हुँदैन । यसका लागि छलफल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका देउवाले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । ‘राष्ट्रपतिको भूमिका अमुक पार्टीको नेताको जस्तो भयो । उहाँका कारणले संविधानमाथि बारम्बार प्रहार भयो । राष्ट्रपतिले पदीय दायित्व अनुसारको भूमिका खेल्न सक्नुभएन ।’

यो पनि