बैशाख १८, २०८१, मंगलबार
               

प्रदेश-१ ले कोभिडबाट मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति दिने

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीको परिवारलाई क्षतिपूर्तिस्वरूप पच्चीस लाख दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले  कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण  मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारी संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णयसमेत भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् । साथै संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको उनले बताइन् ।

यो पनि