जेठ ०६, २०८१, आइतबार
               

माओवादी स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।  मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा सो बैठक बस्न लागेको हो । 

केही दिनदेखि स्थगित भएको सो दलको स्थायी कमिटी बैठक मंगलबार सुरु भएको हो ।

बैठक समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमा केन्द्रित हुने बताइएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासोका साथ हेरिएको छ । 

यसअघि बसेको माओवादी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि