काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ ।