जेठ ०८, २०८१, मंगलबार
               

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए । 

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो ।

शुक्रबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।

बिहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ । तर, गौतम भने छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

यता प्रधानमन्त्री ओलीले शुक्रबार नै बालुवाटार राखेको  बैठकबाट नेता गौतमलाई पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । तर नेता गौतमले त्यो स्थायी कमिटीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिइसकेका छन् । 

यो पनि