चैत १५, २०८०, बिहीबार
               

वार्ता निष्कर्षविहीन भएको नेपालको प्रतिक्रिया

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालले दोस्रो चरणको भेटवार्ता निष्कर्षविहीन भएको बताएका छन् । 

बिहीबार भएको भेटवार्तापश्चात् प्रतिक्रिया दिँदै नेता नेपालले हिजोको छलफलमा केही आश लागे पनि आजको भेटवार्ताले निराशा पैदा गरेको बताएका हुन्। 

त्यसैगरी, नेता नेपालले बैठकको टुंगो पनि नलागेको बताए । यसका अलावा उनले बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको समेत प्रतिक्रिया दिए । 

नेपाल समूहका नेता रघुजी पन्तले बिहीबारको बैठक बुधबारको तुलनामा प्रभावकारी बन्न नसकेको बताए । बिहीबारको बैठक प्रभावकारी बन्न नसक्नुमा प्रधानमन्त्रीको अभिव्यक्तिले केही भूमिका खेलेको बताए ।

बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले विगतमा आफूलाई माटोमै मिलाउन खोजेको आरोप लगाएका थिए । सो क्रममा ओलीले भनेका थिए, ‘केही व्यक्ति चरम महत्वाकांक्षामा कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे, त्यो संगठित हमलाको सिलसिला निकै निर्मम थियो, शासनमा भएका भए के गर्थे होलान् ? नहुँदा त यस्तो छ ।’

पार्टी २०७५ जेठ २ को अवस्थामा आउनुअघि नेकपा छँदा जुन गतिविधि भए यदि तिनले प्रधानमन्त्रीमा इगोको रुपमा रहे पनि पार्टीका नेताहरुलाई कारबाही गरिसको बताउँदै अब इगो नपाल्न आग्रह गरे । 

यसका अलवा उनले प्रम ओलीले पार्टीको साधारण सदस्यबाटै हटाएको भनी दुखेसोसमेत गरेका थिए ।

यो पनि