बैशाख १७, २०८१, सोमबार
               

महन्थ ठाकुर समूह सांसदको बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका छन् ।

जसपामा आन्तरिक विवाद बढ्दै गइरहेका बेला अध्यक्ष ठाकुरले आफूपक्षीय सांसदको बैठक बोलाएका हुन् । गत मंगलबार प्रधानमन्त्री अ‍ोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पूरा भएपछि लिखित सहमति जनाउने प्रतिबद्धता जनाइसकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ ।

छलफल अब कसरी अघि बढ्ने विषयमा केन्द्रित हुने बताइएको छ । बैठकमा विगतमा आफू पक्षीय रहेका, तर  हाल अर्कै पक्षमा रहेकाहरुलाई भने सहभागी नगराइएको जसपा स्रोतले बतायो । यसरी बैठकमा नबोलाइएका सांसदमध्ये एक महेन्द्रराय यादव हुन् । उनी हाल उपेन्द्र यादवको पक्षमा गइसकेका छन् । 

सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ । 


कस्तो लाग्यो ?

यो पनि